Logo

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?



काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ ।

कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर खुल्ला गर्ने अनुमति पाएसँगै बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot