Logo

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं, ६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा समेत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने लगायत बिभिन्न एजेण्डा रहेका छन् ।

सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोेकमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot