Logo

रोकिएन शेयर बजारको ओरालो यात्रा



काठमाडौं, ६ चैत । साताको कारोबारको पहिलो दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापक नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचकमा सबैभन्दा धेरै १.९६ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot