Logo

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने



एएनआई, ८ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएको छ । उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् ।

भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० औँ बार्षिकोत्सवको अवसरमा उनले भारतको भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही अप्रिल ३ देखि ५ सम्म भ्रमण गर्ने तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरुका बीचमा यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धी सम्मेलनमा साइडलाईन भेटवार्ता भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot