काठमाडौं, ९ चैत । साताको कारोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ ।
यो सँगै, सूचक २६५१.४१ विन्दुमा आएको छ । यस अवधिमा ५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ कम्पनीको ८३५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
४ कम्पनीको मूल्य बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।