Logo

विश्वकै प्रदूषित सहरको १०औं नम्बरमा काठमाडौं



काठमाडौं, ९ चैत । काठमाडौं विश्वकै प्रदूषित शहरको १०औँ नम्बरमा परेको छ । प्रदुषण मापन वइबसाइट आईक्युएयरका अनुसार बुधबार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वको १०औँ प्रदूषित शहरमा देखाएको छ ।

विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर छ भने दोस्रो नम्बरमा भारतको दिल्ली रहेको छ ।

यस्तै, तेस्रोमा पोल्याण्डको वारसा, चौथोमा पोल्याण्डको वार्सा र पाँचौँमा भारतको मुम्वई छ ।

छैठौंमा पोल्याण्डकै पोज्ना शहर छ भने सातौंमा बंगलादेशको ढाँका, आठौंमा पोल्याण्डकै क्यार्को रहेको छ ।

नौवौंमा चिनको राजधानी वेइजिङ रहेको छ भने प्रदुषित सहरको १०औं नम्बरमा नेपालको राजधानी काठमाडौं रहेको छ ।



प्रतिक्रिया दिनुहोस्