Logo

मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड भिड्दै



काठमाडौं, १० चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज (बिहीबार) थाइल्याण्डसँग खेल्दै छ ।

थाइल्याण्डको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ ।

यस अघिको इतिहास हेर्दा दुई खेलमा थाइल्याण्डले जितेको थियो ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफु भन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस्