Logo

महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश



काठमाडौं, १० चैत । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराका स्वकीय सचिव नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिकाका अध्यक्ष समेत रहेका प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका हुन् ।

एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाउँदै उनी एमालेमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका पछिल्ला गतिविधिबाट असन्तुष्ट रहेको बताएका उनले मंगलबार पार्टीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्