Logo

खेल्ने ठाउँमा निर्माण साम्राग्रीको थुप्रो (फोटोफिचर)



काठमाडौं, १० चैत । डोटीको सिलगढी नगरपालीका वडा नम्बर ६ मा रहेको टुँडिखेलमा सडक निर्माण सामाग्री थुपारिएको छ ।

विगत एक महिना देखि थुपारिएको ढुङ्गा, गिट्टी, बालुवाका कारण नियमित खेल्ने गरेका स्थानीय युवाहरु प्राभावित भएका छन् ।

सडक निर्माण गर्नको लागि उक्त सामाग्री थुपारिएको भनिएपनि अहिलेसम्म सडक निर्माण नभएको स्थानीय युवाहरुले बताएका छन् ।

आफुहरु नियमित खेल्ने गरेको टुँडिखेलमा निर्माण सामाग्री थुपारिएपछि खेल्न अफ्ठ्यारो भएको उनीहरुको गुँनासो छ ।

तस्विरमा हेर्नुहोस टुँडिखेलको अवस्थाः

 



प्रतिक्रिया दिनुहोस्