Logo

धोनीले छाडे चेन्नाई सुपर किङ्सको कप्तानी



काठमाडौं, १० चैत । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नाई सुपर किङ्सको कप्तानी छाडेका छन् ।

चेन्नाईको सुरुवात देखी कप्तानी गर्दै आएका धोनीले आगामी संस्करणबाट कप्तानी नगर्ने भएका हुन् ।

धोनीको स्थानमा चेन्नाईको कप्तानी रबिन्द्र जडेजाले गर्ने भएको छन् ।

१५ औं संस्करणको आईपीएल मार्च २६ बाट सुरु हुँदै छ ।

२ सय ४ खेलमा कप्तानी गरेका धोनीले चेन्नाईलाई ४ पटक उपाधि दिलाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्