Logo

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात विद्यार्थीको भविष्य अन्योलमा



काठमाडौं, ११ चैत । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् ।

विद्यार्थीहरु सची ताम्राकार, तेज बहादुर खत्री, अर्विन्द कुमार यादव, राम विनोद घिमिरे, रिसव आचार्य, सागर घिमिरे र शैलेन्द्र कुमारले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)को नियमअनुसार यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीको एक वर्ष खेर जाने भएको हो ।

विद्यार्थीहरुले भरेको फाराम सर्बरको कारणले बिग्रीएको भन्दै कलेजले गैरजिम्मेवार जवाफ दिएको अनेरास्ववियू क्रान्तिकारीका सचिव समिर तिवारीको आरोप छ ।

अनलाइन फारम भरेका सात विद्यार्थीले प्रवेशपत्र नआउँदा परीक्षा दिन नपाउने भएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सबै विद्यार्थी आन्दोलित भएका छन् ।

बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भर्दा पनि प्रवेशपत्र नआएपछि सात विद्यार्थी बिहीबारबाट सुरु हुने परीक्षामा सहभागी हुन नपाएका हुन् ।

परिक्षा दिन नपाएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । यद्दपी क्याम्पस प्रमुख ओमप्रकाश ढकालले समस्या समाधान गर्न डिन कार्यालयमा पहल भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot