Logo

स्थानीय तह निर्वाचन: सूर्यगढी गाउँपालिका प्रमुखमा काँग्रेसबाट कुमार गुरुङको चर्चा



काठमाडौं, ११ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी माहोल बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतका अन्य अन्य दलहरुले चुनावी माहोल तताउन थालेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट सूर्यगढी गाउँपालिका अध्यक्षमा कुमार गुरुङको चर्चा चलेको छ ।

सफल व्यवसायी समेत रहेका गुरुङ २०५२ सालमा नुवाकोट साबिक लच्याङ गा.बि.स बाट ने.बि.संघ को क्षेत्रिय प्रतिनिधि तथा २०५४ मा ने.बि.संघ को सोही ठाउँको एकाइ सभापति हुँदै नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । गुरुङको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो ।

हाल नुवाकोटबाट कांग्रेसको १४औं महाधिवेशनमा कमजोर मानिएको अर्जुन नरसिंह टिमबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतका साथ बिजयी भएका थिए ।व्यबसायसंगै राजनीतिका अलाबा लायन्स रोटरी जस्ता बिभिन्न सामाजिक संघ संथाको नेत्रित्व तहमा सक्रिय रहेर सामाजिक ब्यक्तित्व बिकास गर्न सफल गुरुङ खेलकुदका राष्ट्रिय संघहरुमा पनि जिम्मेवार पदमा रहेर काम गर्दै आएका छन् ।

देश समाज अनि नागरिकको अवस्थालाई माथि उठाउने हो भने संबैधानिक ब्यबस्था मात्रै हैन उचित क्षमताबान युबा पुस्तामा राजनैतिक नेत्रित्व हस्तान्तरण हुनु पर्नेमा उनको जोड छ ।प्रभाबशाली केन्द्रिय नेताहरुसँग निकट सम्बन्ध रहेका गुरुङ राज्यको गाउँ–गाउँ मा सिंघ दरबार भन्ने नारा नाममा मात्रै सिमित हुनु नहुने तर्क गर्छन् ।उनलाई गाउँपालिकाको एक सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । यसअघिको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सन्तबहादुर घले विजयी भएका थिए ।
गाउँपालीका प्रमुखमा काँग्रेसबाट कुमार गुरुङ, वर्तमान अध्यक्ष सन्तबहादुर घले, शिव अधिकारी, शंकर प्याकुरेल, दिपेन्द्र गिरी, रामजी पौडेललगायत आकाँक्षी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्