Logo

सतक पुरा गर्दै रोहितले तोडे पारसको कीर्तिमानी



काठमाडौं, ११ चैत । रोहित कुमार पौडेलले पपुवा न्युजिनी (पीएनजी) विरुद्धको खेलमा सतक पुरा गरेका छन् ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले १०७ बलमा १२६ रन बनाएका हुन् । यो उनको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो सतक हो । रोहितले ४ छक्का र ७ चौकाको मद्दतमा सतक पुरा गरेका हुन् ।

यस्ते, पौडेल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । रोहितले पीएनजीविरुद्ध १२६ रन बनाउँदै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका हुन् ।

रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्