Logo

पीएनजीविरुद्ध नेपाल छ रनले पराजित



काठमाडौं, ११ चैत । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग छ रनले पराजित भएको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको रोमान्चक खेलमा नेपाल पीएनजीसँग छ रनले पराजित भएको हो ।

टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको पाहुना टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक १२६ रनको योगदान दिए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाए ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट निकाले ।



प्रतिक्रिया दिनुहोस्