Logo

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, देव र दिपेन्द्रले पुरा गरे अर्धसतक



काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

जारी खेलमा नेपालले ३२औं ओभरमा ३ विकेटको नोक्सानीमा १४२ रन बनाएको छ । नेपालका लागि देव खनाल र दिपेन्द्र सिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।

देवले ४ चौका र तिन छक्काको मद्दतमा ७२ रनमा पविलियन फर्किए । यस्तै, दिपेन्द्रले ९४ रनमा ५६ रन जोडेका छन् ।



प्रतिक्रिया दिनुहोस्