Logo

पोखरा विमानस्थलमा मन्त्री आलेले सम्झिए स्व. रवीन्द्र अधिकारी



पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गरेका छन् ।

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको बताए ।

मन्त्री आलेले भने, “यो विमानस्थल निर्माण गर्न स्व अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उनले हामीले कहिले बिर्सिनु हुँदैन ।”



प्रतिक्रिया दिनुहोस्