काठमाडौं, १४ चैत । साताको कारोबारको दोस्रो दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढेको छ ।
यससँगै सूचक २५७४.१२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ११ कम्पनीको भाउ बढेको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
२९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ४ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।