Logo

हकप्रद निष्कासनका लागि बुक क्लोजसँगै अपि पावरको शेयरमूल्य समायोजन



काठमाडौं, १४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरको समायोजन गरी मूल्य रू. ३६३.२७ तोकेको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

यही समायोजित मूल्यको आधारमा सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

कम्पनीले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्