Logo

आसिफ र रोहितको उत्कृष्ट साझेदारीमा नेपालको शानदार सुरुवात



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले १०औं ओभरमा एक विकेटको नोक्सानीमा ८६ रन बनाएको छ । नेपालका लागि आसिफ शेख र रोहित कुमार पौडेल क्रिजमा रहेका छन् । रोहित र आसिफले उत्कृष्ट साझँेदारी गरेका छन् ।

नेपालले तेस्रो ओभरमा एक विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेलले ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे ।



प्रतिक्रिया दिनुहोस्