Logo

पीएनजीविरुद्ध १३औं ओभरमा नेपाललाई तेस्रो क्षति



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेलको १३औं आभरमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले रोहित कुमार पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो । रोहितले २६ बलमा ३४ रन बनाए भने आसिफले ३५ बलमा ४३ रनको योगदान गरे ।

नेपालले १३औं ओभरमा तिन विकेटको नोक्सानीमा १०९ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे ।



प्रतिक्रिया दिनुहोस्