Logo

नेपाललाई पाँचौ झट्का



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेलको १४औं ओभरमा नेपालले पाँचौं झट्का लागेको छ । पाँचौं विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाएको छ ।

नेपालका लागि रोहितले २६ बलमा ३४ रन जोडे भने आसिफले ३५ बलमा ४३ रनको योगदान गरे । यस्तै,
कुशल भुर्तेलले ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे ।

नेपालले १५औं ओभरमा पाँच विकेटको नोक्सानीमा १३० रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्