Logo

शेयर बजारः रोकिएन ओरालो यात्रा, कारोबार रकम समेत घट्यो



काठमाडौं, १४ चैत । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो । नेप्सेकानुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् ।

आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको रु पाँच करोड ७७ लाख ८६ हजार ८५० र लाइफ इन्सुरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडको रु पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्