Logo

टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै



काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जितको खोजीमा मैदान उत्रिनेछन् ।

पहिलो खेल्न लागेको मलेसिया आज सुखद सुरुआत गर्न चाहन्छ भने पहिलो खेलमा नेपालसँग हार व्यहोरेको पीएनजी पनि पहिलो जितको खोजीमा हुनेछ ।

सिरिजमा नेपाल, मलेसिया र पीएनजी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot