Logo

एन्फाको विशेष साधारण सभा आज बस्दै



काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज (मंगलबार) बस्दैछ ।

यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा हुने एन्फाले जनाएको छ ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा छलफल हुने बताईएको छ ।

एन्फाको निर्वाचन जेठ १५ गते गर्ने तय भएको छ । filephoto



प्रतिक्रिया दिनुहोस्