Logo

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए



लिमा, १५ चैत । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी–प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित रहेका थिए ।

भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग पास गराउन ८७ मत आवश्यक थियो।



प्रतिक्रिया दिनुहोस्