Logo

मेक्सिकोका विदेशमन्त्री मार्सेलो भारत भ्रमणमा आउँदै



नयाँ दिल्ली, १५ चैत । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने (मार्च ३० देखि अप्रिल १) भारतको औपचारिक भ्रमण गर्नेछन् ।

विदेश मन्त्रीको हैसियतमा मार्सेलो एब्रार्ड कासाबोनको यो पहिलो भारत भ्रमण हुने परराष्ट्र मन्त्रालयले मङ्गलबार जनाएको छ ।

जयशंकर र कासाउबोनले द्विपक्षीय सम्बन्धको विस्तृत समीक्षा गर्नुका साथै पारस्परिक हितका अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि छलफल गर्नेछन्।

गत वर्ष सेप्टेम्बरमा विदेशमन्त्री जयशंकरको मेक्सिको सिटी भ्रमणपछि मेक्सिकोका विदेशमन्त्रीको यो भ्रमण हुन लागेको हो । भ्रमणको यो आदानप्रदानले भारत र मेक्सिकोबीचको विशेषाधिकार प्राप्त साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

हाल मेक्सिको ल्याटिन अमेरिकामा भारतको दोस्रो ठूलो व्यापार साझेदार राष्ट्र हो ।



प्रतिक्रिया दिनुहोस्