Logo

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु



इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए ।

स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्