Logo

मलेसियाले पीएनजीलाई दियो एक सय ८१ रनको लक्ष्य



काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ८१ रनको चुनौती दिएको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फाईजले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने विरन्दिप सिंहले ५९ रनको योगदान दिए ।

यस्तै साएद अजिज ४७ रन बनाए ।

पीएनजीका नोर्मन भानुवाले सर्वाधिक दुई तथा नोसेन पोकानाले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot