Logo

रोकिएन सेयर बजारको ओरालो यात्रा



काठमाडौं, १५ चैत । साताको कारोबारको तेस्रो तिन पनि नेप्से दोहोरो अंकले घटेको छ ।

केहि साता यता निरन्तर घटिरहेको बजार आज १४.२६ अंकले घटेको हो । ०.५६ प्रतिशतले घटेको बजार आज २५२७.५८ को विन्दुमा बन्द भएको छ ।

यस्तै, आज कारोबार रकममा समेत गिरावट आएको छ । आज दिनभर एक अर्ब ७५ करोड बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज तिनवटा कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर ४.७३ अंकले घटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot