Logo

पीएनजीविरुद्ध नेपाललाई दोस्रो क्षति



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले दोस्रो विकेटको रुपमा आसिफ सेखलाई गुमायो । उनले २९ बलमा ३८ रन बनाए । यस्तै कुशल भुर्तेलले २० बलमा १७ रन बनाए ।

खेलको ११औं ओभरमा नेपाल दुई विकेटको नोक्सानीमा ८० रन बनाएको छ ।

नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ ।

आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्