Logo

बिस्पोटक ब्याटिङ गर्दै नेपालले पीएनजीलाई दियो दुई सय चार रनको चुनौती



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा २०३ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ६६ रन बनाएका हुन् । यस्तै, रोहित कुमार पौडेलले ४१ रनको योगदान दिए ।

आसिफ सेखले ३८ रन बनाए भने कुशल भुर्तेलले १७ रन बनाए । यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका आदिल अन्सारीले समेत आज शानदार ब्याटिङ गरे । उनले ११ बलमा ३१ रन बनाए ।

नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ ।

आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्