Logo

टी–२० सिरिज: पीएनजीविरुद्ध नेपाललाई चौथो सफलता



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

खेलको १४औं ओभरमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले लगातार दुई विकेट लिएका हुन् ।

यसअघि करण केसीले दुई विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २०४ रनको चुनौती दिएको छ ।

पीएनजीले १४औं ओभरमा चार विकेटको नोक्सानीमा ११७ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्