Logo

नेपालको लगातार तेस्रो जित, करणले लिए पाँच विकेट



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो ।

नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।

त्यस्तै रोहित पौडेलले २३ बलमा ४१ रन जोडे । आसिफ शेखले ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । पाँच विकेट लिदाँ उनले एक ह्याट्रीक समेत गरे । यस्तै, अभिनास बोहोरा र सोमपाल कामीले समान २÷२ विकेट लिए । कप्तान सन्दीप लामीछानेले एक विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot