Logo

रुस र युक्रेनका विदेशमन्त्रीहरू दुई साताभित्र भेट्न सक्ने टर्कीका विदेशमन्त्रीको दाबी



इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ ।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने, कम्तिमा एक वा दुई हप्ताभित्र विदेश मन्त्रीहरूको स्तरमा उच्च–स्तरीय बैठक हुन सक्छ । रासस



प्रतिक्रिया दिनुहोस्