Logo

आईपीएलः चेन्नाईको लगातार दोस्रो हार, लखनउको पहिलो जित



काठमाडौं, १८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किङ्स लखनउ सुपर जाइन्टसँग ६ विकेटले पराजित भएको हो ।

चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो ।

लखनउका लागि क्विन्टन डी ककले सर्वाधिक ६१ रनको जोडे ।

यस्तै, इभिन लेविसले अविजित रहदै ५५ रनको योगदान दिए । कप्तान केएल राहुलले ४० रन बनाए ।

चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले ५० रनको अर्धशतकीय इनिङ खेले भने शिबम डुबेले ४९ रन बनाए । महेन्द्र सिंह धोनी १६ रनमा आउट भए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान २÷२ विकेट लिए ।

लखनउले पहिलो जित निकाल्दै २ अंक जोडेको छ । चेन्नईले २ खेलमा २ हार ब्यहोर्दै अंक विहिन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot