Logo

टी–२० सिरिजः मलेसियालाई नेपालले दियो दुई सय २४ रनको लक्ष्य



काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियालाई दुई सय २४ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २२३ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५७ बलमा ११० रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस्