Logo

टी–२० सिरिजः मलेसियामाथि नेपालको शानदार जित, दीपेन्द्र बने नायक



काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै अपराजित टिमको रुपमा फाइनल प्रवेश गरेको छ ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए भने कप्तान आहमद फैजले ३३ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कुशल भुर्तेलले विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो ।

दिपेन्द्र सिंह ऐरीको आक्रामक शतकीय इनिङमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिएको हो ।

दिपेन्द्रले अविजित रहदै १ सय १० रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस्