Logo

सरकारको प्रशंसा गर्दै पौडेलले भने– सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस्



काठमाडौं, २० चैत । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले सीमा विवाद समाधान गर्न सरकारले अग्रसरता देखाएको भन्दै प्रशंसा गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टीप्पणी गरेका हुन् ।

साथै, उनले सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस् भनेर समेत सचेत बनाएका छन् ।

उनले लेखेका छन्, ‘सीमा विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय छ। कूटनीतिक समाधानः सधैंको विकल्प थियो, हो। सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस् । मित्रवत समझदारी र निरन्तर पहल गरी उचित निष्कर्षमा पुर्याउन सरकारले प्रथमिकताका साथ जिम्मेवारी लिओस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot