Logo

आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई



काठमाडौं, २० चैत । आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले उचालेको छ ।

न्यूजिल्याण्डको ह्याग्ले ओवल स्टेडियममा भएको फाइनलमा खेलमा इंग्ल्यान्डलाई ९१ रनले पराजित अष्ट्रेलियाले उपाधी जित्न सफल भएको हो ।

अष्ट्रेलियाको महिला टिमले यस जित सँगै ७ पटक विश्वकप जितेको हो ।

३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन् । उनले १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन् ।

अष्ट्रेलियाका लागि एलना किङ र जेस् जोनासेन समान ३÷३ तथा मेगन चुटले २ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो । अष्ट्रेलियाका लागि एलेस्या हिएलेले १ सय १७ रनको योगदान गरिन ।

यस्तै रचेल हयनेसले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

इंग्ल्यान्डकी एन्या शरुभोस्ले र सोफिया एक्लेस्टोनले समान ३÷३ विकेट हात पारिन् ।



प्रतिक्रिया दिनुहोस्