Logo

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतङ्ककारीको मृत्यु



इस्लामावाद, २० चैत । पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डीआईके) मा गरिएको एक खुफिया(आधारित अपरेशन (आईबीओ) मा तीन आतङ्कवादीलाई मारेको छ।
डेरा इस्माइल खानको क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा रिपोर्ट प्राप्त गरेपछि एआरवाई न्यूजले अन्तर सेवा जनसम्पर्कलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
ूदोहोरो गोली हानाहानको क्रममा तीन आतङ्ककारी मारिए र पाकिस्तानी सेनाले मारिएका आतङ्कवादीबाट हतियार र गोला बारुद पनि बरामद गरेको आईएसपीआरका प्रवक्तालाई एआरवाई न्यूजले उद्धृत गर्दै उल्लेख गरेको छ ।
यसअघि मार्चमा पनि पाकिस्तानी सेनाले चार आतङ्ककारीलाई मारेको थियो र गोलीबारीमा खैबर पख्तुनख्वा ९केपी० बाजौर जिल्लामा दुई सैनिकले पनि ज्यान गुमाएका थिए।
त्यस आक्रमणमा आतङ्कवादीहरूको गोलीबाट तीन निर्दोष नागरिकहरू पनि मारिएको आईएसपीआरका प्रवक्ताले बताएका छन् ।
ज्यान गुमाउने दुई सैनिकहरू नायब सुबेदार इश्तियाक र सिपाही भएको पुष्टि भएको छ। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot