Logo

दुधौलीका एक सय छ भुमिहिनले पाए लाल पुर्जा



काठमाडौं, २२ चैत । दुधौली ९ मुसहर बस्तीका १०६ घर परिवारका भुमिहिनहरुले पहिलो पटक जग्गाधनी प्रमाणपत्र पाएका छन् ।

सिन्धुलीको मुसहर सुकुम्बासी बस्तिमा भुमी ब्यबस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भुमी आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाद्वारा मुसहर सुकुम्बासीलाई सोमबार जग्गा धनिपुर्जा बितरण गरिएको राष्ट्रिय भूमि आयोग सिन्धुलीले जानकारी दिएको छ ।

सदियौ देखि भुमिहिन गरिब दलित सुकुम्बासीहरुले नेपाल मै पहिलो पटक जग्गा धनी पुर्जा ‘लाल पुर्जा’ प्राप्त गरेको बताइएको छ ।

जिल्ला सदस्य इन्दिरा निरौलाले भुमि आयोगको सदस्य भएर नेपालमा पहिलो पटक आफ्नै नगरपालिकाका सुकुमबासीहरूलाई पुर्जा वितरण कार्यक्रम आफ्नै वडाबाट गर्न पाउदा खुशी महसुस भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot