Logo

आज मछिन्द्र र ब्लु स्टार भिड्दै, खेल अघि सबिन राईको कन्सर्ट हुने



काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टार आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।

‘ए’ डिभिजन लिगको उपाधि विजेता मछिन्द्र क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग प्रतिष्पर्धा गर्दैछ । खेल बेलुका ५ बजे सुरु हुनेछ ।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण छनोटको मौका गुमाएको मछिन्द्र यस पटक भने समूह चरणसम्म पुग्न चाहन्छन् ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

खेलको टिकट दर सामान्य तर्फ ५ सय र भीआईपीतर्फ १ हजार राखीएको छ । खेल अघि सबिन राईको कन्सर्ट हुने अयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्