काठमाडौं, २२ चैत । साझा यातायातले ल्याउन लागेका विद्युतिय बसहरुको चीनका सडकमा परीक्षण गरिएको छ ।
साझा यातायातले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमा एक भिडियो सार्वजनिक गरेको छ ।
चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने) क्षमता को परीक्षण गरिएको हो ।
उक्त भिडियोमा चीनको उकालो सडकमा बिजुली बसको परीक्षण गरिएको देखिन्छन् ।
चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) को एक झलक।#electricbus#sajhayatayat pic.twitter.com/9KaibehQfs
— Sajha Yatayat (@SajhaYatayat) April 5, 2022