Logo

बुढाथोकीलाई एक हजार अमेरिकी डलर राशिको इन्जा खोजी पत्रकारिता पुरस्कार



काठमाडौं, २३ चैत । टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले एक हजार अमेरिकी डलर राशिको इन्जा खोजी पत्रकारिता पुरस्कार प्राप्त गर्ने भएका छन् ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार बुढाथोकीलाई दिने निर्णय गरेको हो ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने बिभिन्न शीर्षकका कर छलीका बारेमा खोज गरी नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जाले इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको आयोजक जनाएको छ ।

बुढाथोकीले विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्