Logo

दुई वर्षअघि सञ्चालनमा आएको तरकारी बजारको उद्घाटन गर्दै पोखरेलले गरे ठेकदारको बचाउँ



दाङ, २३ चैत । दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजारको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

२०७६ मंसिर आठ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्षपछि महासचिव पोखरेलले आज उद्घाटन गरेका हुन् ।

तरकारी तथा फलफूल बजार दुई करोड ३५ लाख ४५ हजार लागतमा निर्माण गरिएको हो ।

तरकारी बजार उदघाटन गर्दै पोखरेलले लमही–तुलसीपुर चारलेन सडक निर्माण कार्य अलपत्र पार्ने ठेकेदारको बचाउ गरेका छन् ।

‘मेयर घनश्याम पाण्डेका छोरा अनुपले ठेक्का लिएको नभइ सहजीकरणको भूमिका मात्रै निर्वाह गरेको हो, एमालेले चार लेन बनाउन दिएन भन्नु गलत हो’, उनले भने ।

उनले केहि महिना अघि ठगीको आरोपमा पक्राउ परेर छुटेका अनुप पाण्डेको बचाउँ गरेका हुन् ।

उनी तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् । तस्बिरःदीपक बोहरा÷रासस



प्रतिक्रिया दिनुहोस्