Logo

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत



सिन्ह्वा, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले हालैमात्र संयुक्त राष्ट्रसंघको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो । संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरु पुगेको जनाएका छन् । यहाँका विद्रोहीहरुले ती क्षेत्रमा खाद्यान्न पु¥याउन दिएका भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सो क्षेत्रमा आगामी दिनहरुमा सञ्चार, बैंक र स्वास्थ्य चौकीहरु स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ । यहाँका विद्रोहीहरुले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुलाई पनि जान दिएका छैनन् । रासस



प्रतिक्रिया दिनुहोस्