Logo

आईपीएलः दिल्लीलाई हराउँदै नवप्रवेशी टोली लखनउ दोस्रो स्थानमा उक्लियो



काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नवप्रवेशी टोली लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ ।

बिहीबार राति मुम्बईमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लखनउको जितमा क्विन्टन डी ककले ८० रनको योगदान दिए । यस्तै, कप्तान केएल राहुलले २४ रन जोडे ।

दिल्लीका लागि कुलदिप यादवले २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, ऋषव पन्तले अविजित ३९ तथा सर्फराज खानले अविजित ३६ रन बनाए ।

लखनउका लागि रवी बिशोईले २ विकेट लिए ।

यस जितसँगै लखनउ ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्ली २ अंकका साथ सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्