Logo

आईपीएलमा आज पन्जाब र गुजरात भिड्दै



काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।

आज पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल हुनेछ ।

मुम्बई स्थित ब्राबौरनी स्टेडियममा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

नवप्रवेशी टोली गुजरात आज तेस्रो जितको खोजीमा हुनेछ ।

२ खेलमा ४ अंक जोडेको गुजरात चौंथो स्थानमा रहेको छ ।

पन्जाब ३ खेलमा ४ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्