Logo

एभरेष्ट इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं, २५ चैत एभरेष्ट इन्सुरेन्सले वैशाख २१ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट ६प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।

सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्