Logo

आईपीएलमा आज चेन्नई र हैदरावाद तथा बैंगलोर र मुम्बई भिड्दै



काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स भिड्ने छन् ।

मुम्बईमा हुने चेन्नई र हैदरावादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

तिन खेलमा लगातार तिन हार ब्यहोरेको चेन्नई आज पहिलो जितको खोजिमा रहेको छ ।

यस्तै, दुई खेलमा दुई हारसँगै तालिकाको पुछारमा रहेको हैदरावाद पनि पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रिने छ ।

आज हुने बैंगलोर र मुम्बईबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

३ खेलमा २ जित निकाल्दै ४ अंक जोडेको बैंगलोर आज तेस्रो जितको खोजिमा छ भनो मुम्बई पनि आज पहिलो जितको खोजीमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot